काठमाडौं– स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त छन् ।
स्याङ्जामा कुल ३४ हजार ८१६ हेक्टर खेतीयोग्य जमिन रहेकामा २ हजार ७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको कृषि विकास कार्यालय स्याङ्जाको तथ्यांक छ ।
आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ३५ हजार ४१७ मेट्रिक टन आलु उत्पादन भएको थियो ।
यहाँका किसानले जनकदेव, खुमल उज्ज्वल, कार्डिनल, एमएस ४५ र रोजिटाललगायत जातका आलु खेती गर्दै आएका छन् ।
तस्बिर : रीना थापा/नेपाल फोटो लाइब्रेरी



























प्रतिक्रिया