मैदानमा दीपेन्द्र र रबिको लडाइँ, कसको शक्ति कति ? « Khabarhub

मैदानमा दीपेन्द्र र रबिको लडाइँ, कसको शक्ति कति ?

सुदूरपश्चिम र चितवनको फाइनल सपना


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि भिडन्तमा स्थान बनाउन आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। दोस्रो क्वालिफायरको यो निर्णायक भिडन्तलाई दुई फरक शैलीका अनुभवी कप्तान सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवनका रवि बोपाराबीचको रणनीतिक परीक्षाका रूपमा हेरिएको छ।

तीन सिजनको समग्र प्रदर्शनलाई नियाल्दा दीपेन्द्रसिंह ऐरी एनपीएलकै सर्वाधिक सफल र निरन्तर लयमा रहेका कप्तान हुन्। उनको नेतृत्वमा सुदूरपश्चिमले पहिलो र दोस्रो दुवै सिजनको फाइनल खेलेको छ ।

जारी सिजनमा पनि लिग चरणमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको छ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भए पनि दीपेन्द्रको अलराउन्ड प्रदर्शन टोलीको मुख्य आधार हो।

जारी प्रतियोगितामा २०२ रन बनाइसकेका दीपेन्द्र आक्रामक ब्याटिङ, कसिलो बलिङ र चुस्त फिल्डिङमार्फत एक्लै खेलको नतिजा पल्टाउन सक्ने क्षमता राख्छन्। एनपीएलका तीन सिजनमा चितवनविरुद्ध भएका तीनमध्ये दुई खेलमा सुदूरपश्चिम विजयी हुनुले पनि दीपेन्द्रको टोलीको मनोबल उच्च छ।

अर्कोतर्फ, इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराको कप्तानीमा चितवनले यस सिजनमा पुनरागमनको उत्कृष्ट नमुना पेस गरेको छ। अघिल्लो सिजन लिग चरणबाटै बाहिरिएको चितवनले यसपटक लिग चरणमा ७ अंक जोड्दै चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनायो।

बुधबार इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन उच्च मनोबलका साथ मैदान उत्रँदैछ। आफ्नो ५०० औं टी–२० खेलमा ५३ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका बोपाराले जारी सिजनमा २३७ रन बनाइसकेका छन्। परिस्थितिअनुसार इनिङ्स सम्हाल्ने कला र ५०० टी–२० खेलको विशाल अनुभव बोपाराको सबैभन्दा ठूलो शक्ति हो।

हेड–टु–हेड र समग्र निरन्तरतामा दीपेन्द्रको सुदूरपश्चिम बलियो देखिए पनि नकआउट चरणको दबाब झेल्न सक्ने बोपाराको अनुभव र कामिल मिश्राको शतकीय लयले चितवनलाई उत्तिकै खतरनाक बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

पहिलो सिजन जनकपुर बोल्टस र दोस्रो सिजन लुम्बनीनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम तेस्रो पटक उपाधि उचाल्ने होडमा छ । चितवन भने पहिलो पटक उपाधि नजिक पुगेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  २ : ४४ बजे

थोरङला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ– चालु वर्षको पहिलो चार महिनामा थोरङला पास हुँदै आठ

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरा– हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल

मैदानमा दीपेन्द्र र रबिको लडाइँ, कसको शक्ति कति ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि

रास्वपाभित्रको विवादले मुलुकमा अस्थिरता बढाएको छ : वर्षमान पुन 

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी

धान भित्र्याएपछि आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (तस्बिरहरू)

काठमाडौं– स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान धान भित्र्याएपछि खेतमा आलु