बसाइँसराइले गाउँमा चितुवा, दुम्सी र बाँदरको आतङ्क
बसाइँसराइका कारण छिमेकी गाउँहरू रित्तिएर खेतबारी झाडीमा परिणत भएपछि बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेको छ । वन्यजन्तुको आक्रमण र बालीनाली विनाशका कारण स्थानीय किसान पशुपालन र खेतीपातीबाटै विस्थापित हुने जोखिम बढेको छ ।
पछिल्लो ९ महिनामा दमेकका पाँच किसानको १२ वटा बोका तथा बाख्रा चितुवाले मारिदिएको छ । स्थानीय किसान गङ्गाधर सापकोटाको २ बोका र १ पाठी, रत्न परियारको ३ बोका–बाख्रा तथा नारायण सापकोटा, महेन्द्र हमाल र गङ्गाबहादुर ठकुरीका २–२ वटा बाख्रा–पाठा चितुवाले खाएको हो ।

दमेकको गौडा, भैँसेखर्क र टापु क्षेत्रका करिब २५ परिवार पशुपालन र कृषिमा निर्भर छन् । तर, खर्कमा चराउन लगेका पशुचौपायामाथि चितुवाले लगातार आक्रमण गर्न थालेपछि किसानले चरन नै छाड्नुपर्ने बाध्यता सिर्जना भएको सापकोटाले बताए । आठ वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आएका उनले सुरुमा २० गाई र २७ बाख्रा पालेकोमा वन्यजन्तुकै त्रासले बाख्राको सङ्ख्या घटाउँदै लगेका छन् ।
प्रोटोन ई.मास ७ ले एसेन एनक्याप अवार्ड्स २०२६ मा सुरक्षा विधामा जित्यो सम्मान
याङ्गो ग्रुपले नियुक्त गर्यो ग्लोबल हेड अफ सेफ्टी
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपालगञ्जको धम्बोजी-नन्दनी मिल सडक चार लेनमा विस्तार हुँदै
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
तातोपानी नाका खुलाउन परराष्ट्रमन्त्री खनालको जोड : चिनियाँ पक्षसँग के कुरा भयो ?
परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड दिएका छन् ।
नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएको र अहिलेको हिउँदको अवस्थामा चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष याङ्गलाई काठमाडौंबाट सबैभन्दा नजिक दुरीमा रहेको तातोपानी नाका तत्काल खोल्नका लागि विशेष जाेड दिए ।
‘तातोपानी नाका काठमाडौँबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।’














प्रतिक्रिया