आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल « Khabarhub

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार । माघ शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ जनवरी १९ तारिख । सोनाम ल्होछार, श्रीबल्लभ जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : धन सञ्चित हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ । साथीको साथ मिल्नेछ ।स्वदेशी भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

वृष : सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । राजनीतिमा साथीको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारलाई उचित सल्लाह दिन नसक्दा खटपटी बढ्नेछ । प्रेम सम्बन्धमा उतारचढाव आउनसक्ने जोखिम छ ।

मिथुन : बोल्दा सचेत बन्नुपर्नेछ । सोचेर काम अगाडि बढाएमा दीर्घकालीन योजना बन्नेछ । इज्जतका लागि धन खर्च हुनेछ । मनमा असन्तुष्टि बढ्ने योग छ । शिक्षामा ढिलासुस्ती मिल्नेछ ।

कर्कट : शत्रु बढ्नेछन् । लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह : दिन राम्रो छ । मेहिनेतको फल प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ । आज नयाँ योजनाहरु बन्नेछन् ।

कन्या : साना कुराले मन अशान्त बन्नसक्छ । सोचेको भन्दा बढी खर्च हुने भएकाले मन अशान्त बन्नेछ । परिवारबाट लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने भएकाले धैर्यता आवश्यक देखिन्छ । बौद्धिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा खुसी मिल्नेछ ।

तुला : नयाँ ठाउँको यात्रा तय हुनेछ । आफन्तसँगको बोली र व्यवहारमा फरक भएकाले काम गर्दा सचेत हुनुपर्नेछ । शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्नेछ । आफ्ना भनिएका साथीले कुरा काट्ने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

वृश्चिक :  आज नयाँ अवसर प्राप्त हुने योग परेको छ । बिहान उठेर सूर्य र पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ । परिवारमा मेलमिलाप हुनेछ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेका काम बन्नेछन् ।

धनु : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । विपक्षी ठानेका साथीको साथ र सहयोग प्राप्त हुनेछ । राज्यका अंगमा नोकरी भए बढुवा हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । मन अशान्त बन्ने जोखिम छ । राजनीतिक क्षेत्रमा बहुमत रहेकाले काम सहजै बन्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ । पूर्वको लामो यात्रा एक्लै नगर्नु राम्रो हुनेछ ।

कुम्भ : दिन सामान्य छ । मनमा अशान्ति बढ्नेछ । लगानीका क्षेत्रबाट भने फाइदा हुनेछ। व्यापारको लगानीबाट फाइदा हुनेछ । बौद्धिक साथी विपक्षी समूहमा सहभागी भएकाले बोल्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ ।

मीन : मनमा उत्साह बढ्नेछ । आजको कामलाई निरन्तरता दिएमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा मिहेनत गर्नुपर्ने हुन्छ । विपक्षी साथी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । दक्षिणको यात्रा नगर्नु राम्रो हुनेछ । 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : १६ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि