बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा  « Khabarhub

बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा 


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिका-२ को विकट गाउँ यलुङको बौद्ध भुवनेश्वरी सामुदायिक विद्यालयले विद्यालयको शैक्षिक सुधारसँगै भौगोलिक विकटताको चपेटामा रहेका  गाउँका विद्यार्थीको सहजताको लागि स्कुल बस सञ्चालनमा ल्याउने भएको छ ।

भौगोलिक विकटताको कारण घण्टौँ हिँडेर विद्यालय पुग्ने यहाँका विद्यार्थीलाई विद्यालयमा स्कुल बस चल्ने कुराले उत्साह छाएको छ ।

विद्यालयको आफ्नो ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयलाई शैक्षिक सुधारको क्षेत्रमा  काम गर्दै आएको कल्स ओवर रिजेज नेपाल नामक संस्थाले स्कुल बस उपलब्ध गराएपछि विद्यार्थीमा खुसी छाएको हो । 

विद्यालय बस हस्तान्तरण कार्यक्रमले स्थानीय अभिभावक समेत खुसी भएका छन् । २०१९ सालमा स्थापना भएको यहाँको विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । हाल २५७ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा अधिकांश विद्यार्थीहरू टाढा गाउँबाट पैदल यात्रा गरेर आउनुपर्ने बाध्यता थियो । 

यही समस्यालाई मध्यनजर गर्दै कल्स ओवर रिजेज नेपाल नामक संस्थाले जिरी नगरपालिकाको समन्वयमा विद्यालयमा बस सञ्चालनमा ल्याउने योजना बनाएर विद्यालय बस हस्तान्तरण गरिएको हो । 

उक्त विद्यालय बस नगरपालिका प्राप्त भएसँगै नगर सहयोगी संस्थाले एक औपचारिक कार्यक्रमका बिच नगरप्रमुख मित्र जिरेलको उपस्थितिमा विद्यालय बस हस्तान्तरण गरिएको थियो । विद्यालय बस सञ्चालन हुने कुराले स्थानीय ३० वर्षीय पार्वती खत्री निकै खुसी छिन । 

उनका छोरा राजु खत्री केही समय अघि मोटरसाइकलमा विद्यालय जाने क्रममा दुर्घटनामा परेका कारण राम्रोसँग हिँड्न सक्दैनन् ।

उनले भनिन्, ‘छोरालाई स्कुल जान-आउन दैनिक ४ घण्टा लाग्थ्यो, आज स्कुल बस देख्दा म निकै खुसी छु, अब उसलाई सजिलो हुने भयो ।’

त्यस्तै, जिरी (१ राबुकी ४१ वर्षीय रेनुका बुढाथोकीका पीडा पनि कम छैनन् । ५ केजीसम्मको झोला बोकेर उनकी छोरी जङ्गलको बाटो हुँदै २ घण्टा हिँडेर विद्यालय पुग्थिन् । सधैँ जंगली जनावरको डर लागि रहन्थ्यो, अब बस आएपछि हामी सबैलाई ढुक्क भएको छ, उनले सुनाइन् ।

यता विद्यालयका प्रधानाध्यापक आङबाबा शेर्पा भन्छन् विद्यालय बस सेवाले विद्यालय र विद्यार्थीको दूरी घटाउने र समयको बचत सँगै शैक्षिक सुधारमा टेवा पुग्ने बताए । 

उनका अनुसार लामो बाटो हिँड्नुपर्ने बाध्यताले विद्यार्थीको नतिजामा समेत असर पारिरहेको थियो । नासाको रिपोर्टलाई उद्धृत गर्दै प्रधानाध्यापक शेर्पा भन्छन् १५ मिनेटभन्दा कम हिँड्ने विद्यार्थीको नतिजा लामो दूरीको बाटो हिँड्नेको तुलनामा राम्रो हुन्छ ।

‘बिहान बेलुका हिँड्दैमा थकित हुने विद्यार्थीले कक्षाकोठा र अतिरिक्त क्रियाकलापमा सक्रियता जनाउन सक्दैनथे । अब त्यो समय उनीहरूले पढ्न र खेल्नमा खर्चिन पाउनेछन्’, शेर्पाले भने । 

साथै, एसईई  परीक्षाका बेला विद्यार्थीलाई १० दिनसम्म जिरी बजारमा राख्दा अभिभावकलाई पर्ने आर्थिक भार पनि अब बसको सुविधाले कम गर्ने उनले बताए ।

स्थानीय अभिभावक र विद्यार्थीहरूले स्कुल बस उपलब्ध गराउने सहयोगी संस्था कल्स ओवर रिजेज नेपाल (कोर्न)को शैक्षिक क्षेत्र गरिरहेको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिए ।

कोर्नले विभिन्न वर्ग र सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालय शिक्षा पूरा गराउने काममा सहयोग गर्दै आएको छ । संस्थाले छात्रवृत्ति कार्यक्रम, विद्यालय बस कार्यक्रम र पोषणअन्तर्गत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरी विद्यालय शिक्षा पूरा गर्नका लागि प्रोत्साहन गर्दै आएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ४६ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो