डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने « Khabarhub

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका सागर ढकाल यस पटक गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसपटक डडेल्धुरा नगएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी १ का लागि टिकट दिएको हो । यससँगै गुल्मीमा १ मा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारीसँग सागरको प्रतिस्पर्धा हुने भएको छ।

२०७९ सालको चुनावमा यहाँ एमाले ज्ञवालीलाई कांग्रेसका डा. भण्डारीले पराजित गरेका थिए ।

भण्डारी नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा भाग लिएर बन्द सत्र अघि बढेपछि पार्टी फुट्ने काममा सहभागी नहुने भन्दै हिँडेका थिए ।

भृकुटीमण्डप छाडेर सानेपा बैठकमा भाग लिएका उनलाई कांग्रेस सभापति गगनकुमार थापाले टिकट थमाइदिएका हुन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ३३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित