नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट « Khabarhub

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा विलय गराएकी नेतृ रञ्जिता श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने भएकी छन् ।

नेकपाले २०७९ सालमा उनले जितेको कैलाली क्षेत्र नम्बर १ बाट रामलाल डगौरा थारूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यससँगै मन्त्रीसमेत भइसकेकी श्रेष्ठ दोस्रो चुनावबाट पछि हटेकी हुन् ।

पति रेशम चौधरी डिल्ली बजार जेलमा हुँदा खोलिएको नाउपाबाट उठेर उनले २०७९ को आमनिर्वाचनमा कैलाली–१ बाट जितेकी थिइन् ।

तत्कालीन समयमा उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष पनि थिइन् । गत पुस १४ गते रञ्जिताले नाउपालाई नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत गराएकी हुन् ।  

राजधानीमा आयोजित कार्यक्रममा दुई पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ५५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित