चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा « Khabarhub

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव नलड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै पूर्वमन्त्री खड्काले यस निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवारीको कुनै दाबी नरहने जनाएका छन् । उनले आफू उम्मेदवारको रूपमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको पनि जनाए ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘…म सम्पूर्णमा स्पष्ट जानकारी गराउन चाहन्छु कि यस पटकको निर्वाचनमा मेरो तर्फबाट उम्मेदवारीको कुनै दाबी रहने छैन, अर्थात् म उम्मेदवारको रूपमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छु ।’

यसका साथै उनले हिमाली जिल्लाहरूमा पार्टीले टिकट वितरण टुंगिएको भन्ने चर्चा चलिरहँदा संखुवासभा जिल्लामा भने आज साँझ करिब ७ बज्न लाग्दासम्म पनि कसैको नाम औपचारिक रूपमा अनुमोदन नभएको जानकारी प्राप्त भएको जनाएका छन् ।

आफ्नो पोस्टमा उनले ‘सत्यको कुनै रङ हुँदैन, इमानदारीताको कुनै जात र धर्म हुँदैन, निष्ठाको कुनै मूल्य हुँदैन, नैतिकताको कुनै सीमा हुँदै’ पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ५९ बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित