बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते « Khabarhub

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको लु१च ५५७१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–७ की ४० वर्षीया रेशमाया श्रीस, सोही ठाउँका आठ वर्षीय सरोज श्रीस, निसीखोला गाउँपालिका–६ की १५ वर्षीया मनिषा बुढा मगर, ढोरपाटन नगरपालिका–२ की २८ वर्षीया जुना थापा र चालक चालक ढोरपाटन–७ का २८ वर्षीय सुजन घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए ।

घाइते पाँचै जनालाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरी बुर्तिबाङ अस्पतालमा ल्याइएको प्रहरी निरीक्षक थापाको भनाइ छ । गाडीको ब्रेकफेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : ३० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित