मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ « Khabarhub

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई बिदाइ गरेको छ ।

आज साँझ आयोजित कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उदय रानाले उनलाई माला, खादा र उपहार प्रदान गरी मन्त्रालयका तर्फबाट बिदाइ गरे। 

मन्त्री खरेलले आजै साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गरेका थिए । जेन-जी आन्दोलनका बलमा गठन भएको वर्तमान सरकारमा उनी गत असोज ६ गते मन्त्री नियुक्ति भएका थिए ।

बिदाइ कार्यक्रममा उनले चार महिनाको अवधिमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा देश र जनताको सेवा गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेको बताए। 

निवर्तमान मन्त्री खरेलले मन्त्रालय र मातहतका निकायबाट यस अवधिमा पूर्ण रुपमा सहयोग प्राप्त भएकाले छोटो अवधिमै पनि महत्त्वपूर्ण काम गर्ने अवसर प्राप्त भएको बताए।

उनले भने,  ‘थोरै समय भए पनि राज्य सञ्चालनका विषयमा धेरै सिक्ने अवसर मिल्यो, यहाँ प्राप्त अनुभव देश र जनताका लागि समर्पित गर्नेछु । मेरा काम पारदर्शी छन्, मूल्यांकन होस् ।  मन्त्रीका रुपमा कार्य सम्पादन गर्दा दुःखद अनुभूति केही छैनन् । सबै सुखद र उपलब्धिमूलक, परिणाममुखी तथा सौहार्द्रपूर्ण रह्यो ।’

उनले कर्मचारी वा राजनीतिकर्मीको एकल प्रयासले देश अघि बढ्न नसक्ने भएकाले दुवैको सामूहिक प्रयासको आवश्यकतामा जोड दिए । 

मन्त्रालयका निमित्त सचिव रानाले राजनीतिक वृत्तको अनुभव नभए पनि पत्रकारिता क्षेत्रको लामो अनुभवले मन्त्री खरेलको छोटो अवधिमा महत्त्वपूर्ण प्रगति र अतुलनीय कामको अभिलेख भएको बताए।
 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : ४४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित