काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत २०८२ माघ २ गते कांग्रेस पार्टीसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध २०८२ माघ ४ गते सर्वोच्च अदालतमा दर्ता गरिएको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको बताएका छन् ।
खड्काले उक्त रिट न्याय प्राप्तिका लागि दर्ता गरिएको र त्यसलाई फिर्ता लिने कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । साथै, संवेदनशील विषयमा सम्बन्धित पक्षसँग प्रत्यक्ष सम्पर्क नगरी अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई विशेष आग्रह गरेका छन् ।













प्रतिक्रिया