बढ्दो चिनियाँ प्रभावबीच फिलिपिन्स र जापानले गरे रक्षा सम्झौतामा हस्ताक्षर « Khabarhub

बढ्दो चिनियाँ प्रभावबीच फिलिपिन्स र जापानले गरे रक्षा सम्झौतामा हस्ताक्षर


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बढ्दो चिनियाँ प्रभावबीच फिलिपिन्स र जापानले रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै गोलीगठ्ठा, इन्धन, खानेकुरा र अन्य अत्यावश्यक सामग्रीको खरिदमा कर छुट हुनेछ ।

यस सम्झौतामा जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी र फिलिपिनी समकक्षी थेरेसा लजारोबीच फिलिपिन्सको राजधानी मनिलामा हस्ताक्षर भएको हो । अमेरिकी टेलिभिजन सञ्जाल एबीसीका अनुसार जापानले फिलिपिन्सका लागि नयाँ सुरक्षा र आर्थिक विकास सहयोगको पनि घोषणा गरेको छ ।

पछिल्लो समय जापानले चीनसँग सुरक्षा, राजाीतिक र व्यापारिक तनाव खेपिरहेको छ । हालै जापानी प्रधानमन्त्री सनाए ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरे जापानले हस्तक्षेप गर्ने टिप्पणी गरेकी थिइन् । जापानी प्रधानमन्त्रीको टिप्पणीपछि चीन क्रुद्ध भएको छ ।

त्यसैगरी, फिलिपिन्सले पनि दक्षिण चीन सागरमा चिनियाँ हस्तक्षेपको सामना गरिरहेको छ । चीन र फिलिपिन्सबीच दक्षिण चीन सागरमा अवस्थित टापुको सार्वभौमिकतालाई लिएर विवाद छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : १५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार