आज २०८२ साल फागुन ७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन ७ गते बिहीबारको राशिफल


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन ७ गते बिहीबार फागुन शुक्ल पक्षको द्वितीया तिथि। प्रजातन्त्र दिवस। तदनुसार सन् २०२६ फेब्रुअरी १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आज तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ । परोपकार गर्ने मौका मिल्नेछ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । परिवारमा विश्वासको खडेरी हुनसक्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

वृष : गुम्न लागेको धन हात लाग्ने योग रहेको छ । साथी सकारात्मक छन् । लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ ।

मिथुन : समाजमा बोलीको प्रभावले अरुलाई मख्ख पार्न सकिनेछ । आर्थिक र सामाजिक क्षेत्र सबल छन् । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । अचानक रोगको प्रकोप बढ्नसक्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ ।

कर्कट : आफूले गरेको कामकाे विरोध सुन्नुपर्ने योग छ । एक्लो भएको महसुस हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षामा अल्छीपनले घाटा हुनेछ । धर्मकर्ममा मन जानेछ ।

सिंह : शिक्षामा सफलता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । आफन्तबाट भने कामको विरोध हुने देखिन्छ । मिहिनेतको फल मिल्नेछ ।

कन्या : दिन राम्रो छ । पारिवारिक घुमघामको समय छ । ज्ञान र सीप भएका साथीको साथ रहनेछ । आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ ।

तुला : समय सामान्य छ । बोली र व्यवहारमा सचेत हुनु राम्रो हुन्छ । गणेशको भजन सुन्नु राम्रो हुन्छ । दुबो चढाएमा दिन सफल बन्नेछ । साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ ।

वृश्चिक : दिन राम्रो छ । शिक्षाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा खराब मानिससँग बचेर गर्नुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रतिस्पर्धीको आवाज शान्त रहेको छ । स्वस्थ्यमा सुधार हुनेछ ।

धनु : दिन सामान्य छ । झुटा आरोप लाग्नसक्छ । मन खुशी नहुने शब्द सुन्नुपर्ने हुनसक्छ । वैदेशिक क्षेत्रको क्षेत्रमा विवाद हुनेछ । धार्मिक क्षेत्रमा सानो योगदान दिए सबै कुरा मिल्नेछ ।

मकर : दिन राम्रो छ । गलत बाटो हिँड्नुभयो भने साथीले सच्याउने छन् । शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ ।

कुम्भ : संघर्ष गरेका क्षेत्रबाट सफलता मिल्नेछ । शिक्षाको लगानीमा फाइदा हुनेछ । परिवारले राम्रो साथ दिनेछन् । लामो यात्रा नगर्नु र यात्रा गर्नैपरे पश्चिम नजानु राम्रो हुन्छ ।

मीन : दिन राम्रो छ । लगानीबाट सन्तोष मिल्नेछ । शिक्षाको लगानीमा सफलता, स्वास्थ्यमा लाभ र रोजगारीको क्षेत्रमा गरेको लगानीबाट बढुवा हुने योग छ । वैदेशिक क्षेत्रमा फइदा हुनेछ । परिवारको साथ हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ५ : २२ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित