एआई साझा हितका लागि : भारतीय प्रधानमन्त्री मोदी « Khabarhub

एआई साझा हितका लागि : भारतीय प्रधानमन्त्री मोदी


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली देश वा कम्पनीको सीमित साधन नभई विश्वव्यापी साझा सम्पत्ति बन्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले एआई प्रविधि खुला, पहुँचयोग्य र समावेशी भए मात्रै यसको वास्तविक लाभ मानव समुदायले पाउने बताए ।

ग्लोबल एआई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले एआईको ‘लोकतान्त्रिकरण’ अपरिहार्य रहेको उल्लेख गरे । ‘एआईलाई लोकतान्त्रिकरण गर्नुपर्दछ ताकि मानिस एआईका लागि डाटा पोइन्ट मात्र बन्न नपरोस् वा एआईका लागि कच्चा माल बन्न नपरोस्’, उनले स्पष्ट गरे ।

उनका अनुसार विशेषतः ग्लोबल साउथका देशहरूका लागि एआई समावेशीकरण र सशक्तिकरणको प्रभावकारी माध्यम बन्नुपर्नेछ ।

एआई इम्प्याक्ट समिट द्रुत गतिमा विस्तार भइरहेको यस क्षेत्र केन्द्रित चौथो वार्षिक अन्तर्राष्ट्रिय भेला हो । प्रविधि, नीति र नवप्रवर्तनबारे छलफल गर्न विश्वका विभिन्न देशका प्रतिनिधि सहभागी भएका छन् ।

गत वर्ष स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले सार्वजनिक गरेको एआई प्रतिस्पर्धात्मकताको वार्षिक विश्वव्यापी र्‍याङ्किङमा भारत तेस्रो स्थानमा उक्लिएको तथ्य पनि उनले स्मरण गराए ।

यद्यपि ठूलो परिमाणमा पूर्वाधार विकासका योजना र नवप्रवर्तनसम्बन्धी महत्त्वाकांक्षी लक्ष्यहरू अघि सारिए पनि विज्ञहरूले भने संयुक्त राज्य अमेरिका र चीनसँग प्रतिस्पर्धा गर्न भारतले अझै लामो यात्रा तय गर्नुपर्ने आकलन गर्दै आएका छन् ।

यस सन्दर्भमा उनले हालै भारतीय कम्पनीहरूले सार्वजनिक गरेका एआई मोडेलहरू उल्लेख गर्दै ‘भारतमा सफल हुने एआई मोडेललाई विश्वभर प्रयोग गर्न सकिन्छ’ भने । उनका अनुसार एआई प्रविधि तब मात्र फाइदाजनक बन्नेछ जब यसलाई साझा गरिन्छ र यसको मूल प्रणालीहरू खुला राखिन्छन् । ‘त्यसपछि मात्रै हाम्रा लाखौँ युवा दिमागहरूले यसलाई अझ राम्रो र सुरक्षित बनाउन सक्षम हुनेछन्’, उनले भने।

उनले विश्व समुदायलाई एआईलाई विश्वव्यापी साझा हितका लागि प्रयोग गर्ने सङ्कल्प गर्न आह्वान गरे । अङ्ग्रेजीमा सम्बोधन गर्दै उनले मानव र बुद्धिमान् प्रणालीबीचको सहकार्यलाई भविष्यको दिशा ठहर गरे । ‘हामी यस्तो युगमा प्रवेश गरिरहेका छौँ जहाँ मानिस र गुप्तचर प्रणालीहरूले सह–निर्माण, सह–कार्य र सह–विकास गर्छन्’, उनले भने । रासस
 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १२ : २१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम