भदौको विध्वंस योजनाबद्ध षड्यन्त्र थियो, जसले संसद् विघटन गरायो : ओली « Khabarhub

भदौको विध्वंस योजनाबद्ध षड्यन्त्र थियो, जसले संसद् विघटन गरायो : ओली


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुख्य रूपमा राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता, भदौ २३–२४ को जेन-जी आन्दोलनपछि आएको अस्थिरता र एमालेको विकास तथा सुशासनको एजेन्डालाई जोड दिँदै घोषणा पत्र ल्याएका हुन् ।

ओलीले घोषणा पत्र सार्वजनिक कार्यक्रममा भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनलाई योजनावद्ध भनेका छन्।

‘जेन-जी प्रदर्शनकारीका माग थिएनन्, तर प्रणालीमाथि धावा बोल्ने गरी संसद् विघटन गरियो’, उनले भने ।

यो घटनालाई देशको स्वाधीनता र सार्वभौममाथिको आक्रमणको रूपमा चित्रण गर्दै उनले यसको जवाफ खोज्नुपर्ने बताए।

उनले देश अहिले आवेश र विवेकबीचमा रहेको बताए । यस्तोमा एमालेले निर्माण र शान्तिको पक्ष लिने पनि उनले बताए ।

ओलीले देशलाई फेरि द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको आरोप लगाए। ‘हामी उत्तेजना होइन, निर्माणको पक्षमा छौं। देश पहिला, स्वाधीनता र सुव्यवस्थाको रक्षक हौं,’ उनले भने। ओलीले एमालेलाई भत्काउने होइन, बनाउने पार्टीको रूपमा प्रस्तुत गरे।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १ : ३९ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली