एमालेको घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने « Khabarhub

एमालेको घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व वृद्धि गर्दै उनीहरूको पारिश्रमिक वृद्धि गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । श्रमिकको जीवनस्तर सुधार, श्रमको सम्मान र आर्थिक सुरक्षा सुनिश्चित गर्न न्यूनतम पारिश्रमिक वृद्धि गर्ने लक्ष्य पार्टीले राखेको छ।

त्यसैगरी, नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी तथा ज्यालादारीमा रहेका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिने पनि एमालेले जनाएको छ । यसबाट श्रमिकले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, पेन्सनलगायत सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

एमालेले श्रम क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै श्रमिकमैत्री नीति कार्यान्वयन गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १ : ४१ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली