‌ओलीले भने : फागुन २१ को निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह हो « Khabarhub

‌ओलीले भने : फागुन २१ को निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह हो


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचन राष्ट्रवादी र राष्ट्रघातवीचको लडाइँ भएको बताए । यसका साथै उनले बनाउने र भत्काउनेबीचको जनमत संग्रहका रुपमा निर्वाचनलाई ब्याख्या गरेका छन् ।

‘निर्वाचन राष्ट्रवादी र राष्ट्रघातबीचको प्रतिस्पर्धा हो । देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह हो’,, उनले भने, ‘पुराना र नयाँको बहसको अर्थ छैन । एमालेले विकास र सुशासनका लागि आफूलाई प्रमाणित गरिसकेको छ ।’

ओलीले पुस्तान्तरको भ्रम फैलाइएको आरोप लगाए। ‘युवा आगो हो, दिशा चाहिन्छ; अनुभव उज्यालो हो, ऊर्जा चाहिन्छ। युवा र अनुभवीको संयोजनबाट देश बन्छ,’ उनले भने। एमालेले युवाको ऊर्जा र अनुभवलाई जोड्ने पार्टी भएको दाबी उनले गरे।

ओली जेन-जी घटनाको आलोचना, राष्ट्रियता, स्थिरता र एमालेको विकास एजेन्डा राखेका छन् । उनले एमालेकाा घोषणापत्रमा रहेका कुरा निर्वाचनपछि पहिलो मन्त्रिपरिषद् बैठकले तत्काल अघि बढाउने बताए । ओलीले स्थिरता, अनुशासन र योजनाबद्ध कार्यक्रमबाट मात्र सिंहदरबार, संसद् र अदालत निर्माण सम्भव हुने बताए।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : ४६ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०