एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए « Khabarhub

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकपछि अर्का नेता बाहिरिइरहेका छन्।

पछिल्लो पटक बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पनि पार्टी छाडेका छन् । उनले बिहीबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्।

उनले महामन्त्री कविन्द्र बुर्लाकोटीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

हुमागाईं ०७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए । उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन् ।

उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शिता देखिएकोसहितका आरोपसहित उनले रास्वपाबाट बिदा लिएका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  २ : ३५ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली