कांग्रेसको प्रतिज्ञा पत्र : मध्यम वर्गलाई राहत, युवालाई ५० लाखसम्म ऋण « Khabarhub

कांग्रेसको प्रतिज्ञा पत्र : मध्यम वर्गलाई राहत, युवालाई ५० लाखसम्म ऋण


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।

पार्टीले बिहीबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा युवा लक्षित केही राम्रा कार्यक्रम पनि ल्याइएको छ ।

कांग्रेसले युवालाई ५० लाखसम्म ऋण, १० लाखसम्म आयकर छुट, ‘स्टार्टअप’ र एसएमईएसमा जोड दिएको छ।

कांग्रेसको प्रतिज्ञापत्र आर्थिक पुनरूत्थान, उद्यमशीलता प्रवर्द्धन र मध्यम वर्गलाई राहत दिने कार्यक्रमले भरिएको छ।

युवा र महिला उद्यमीलाई परियोजनाको आधारमा ५ देखि ५० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गरिएको छ ।

यसका साथै, स्टार्टअपलाई अनुदान, सहुलियत ऋण र स्व–लगानीको मिश्रित मोडेलमार्फत अघि बढाउने योजना प्रस्तुत गरिएको छ ।

पार्टीले वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गर्ने प्रस्ताव गरेको छ । यसलाई मध्यम र न्यून आय भएका वर्गलाई राहत दिने उपायका रूपमा प्रस्तुत गरिएको छ।

साना तथा मझौला उद्योग (एसएमईए) र कृषि ऋणमा निश्चित अवधिसम्म ब्याजदर नबढ्ने ‘स्थिर ब्याजदर’ नीति ल्याउने कांग्रेसले उल्लेख छ ।

यससँगै समस्याग्रस्त उद्यमीका लागि पुनर्तालिकीकरण, जरिवाना मिनाहा र ‘सिल्भर क्रेडिट’ जस्ता व्यवस्थामार्फत पुनरुत्थानको अवसर दिने योजना पनि कांग्रेसको छ।

रोजगार सिर्जनालाई लक्षित गर्दै ‘मिशन रोजगार’ अभियान सञ्चालन गर्ने, कृषि, पर्यटन र उद्योग क्षेत्रमा लघु तथा साना उद्यम प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सहकारी र लघुवित्त क्षेत्रलाई सामाजिक–आर्थिक रूपान्तरणको साधनका रूपमा उपयोग गर्ने र बचत तथा सहुलियत ऋणलाई सुरक्षित बनाउने नीति पनि समावेश गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ५ : ४४ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त