नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व? « Khabarhub

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

परम्परागत 'शुद्धीकरण' अभ्यास: छाला र पेटको स्वास्थ्यका लागि उपयोगी नीम-तेल


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र नीमको पात खाने दिनका रूपमा मनाइँदै छ । नेपाली पात्रोअनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा नीमको पात खाने र तेल लगाउने चलन विशेष रूपमा प्रचलित छ ।

हाम्रो समाजमा कुनै पनि चाडपर्व सुरु हुनुअघि शरीरमा तेल लगाउने परम्परा निकै पुरानो हो । होली र तिहारजस्ता पर्वमा पनि केही दिनअघिदेखि नै तेल लगाएर चाडको औपचारिक सुरुवात गर्ने गरिन्छ । यसले शरीरलाई स्फूर्ति दिने मात्र नभई, एक प्रकारको शुद्धीकरणको प्रतीकका रूपमा पनि लिइन्छ ।

शरीरमा तेल लगाउँदा छाला मुलायम हुने र मांसपेशी मजबुत हुने विश्वास गरिन्छ । नीम खाने र तेल लगाउने यी अभ्यास केवल सांस्कृतिक परम्परा मात्र नभएर स्वास्थ्यसँग पनि जोडिएका छन् । आन्तरिक र बाह्य दुवै रूपमा स्वास्थ्य सन्तुलन कायम गर्ने उद्देश्यले यी चलनको विकास भएको देखिन्छ ।

नयाँ वर्षको अवसरमा प्रचलित यी परम्पराले हामीलाई स्वास्थ्यप्रति सचेत गराउने मात्र होइन, पुराना तीतोपन भुलेर नयाँ आशा, ऊर्जा र सम्बन्धको न्यानोपनसँगै अघि बढ्न प्रेरित गर्छन् ।

तेल मालिस र स्वास्थ्य
परम्परागत रूपमा मनाइने यस्ता प्रचलन केवल सांस्कृतिक अभ्यास मात्र नभई स्वास्थ्यसँग पनि गहिरो सम्बन्ध राख्ने चिकित्सक बताउँछन् । प्राकृतिक तथा आयुर्वेदिक चिकित्सक डा. लक्ष्मण पौडेल भन्छन्, “यो चलन कसले र कहिलेदेखि चलायो भन्ने यकिन नभए पनि मौसम परिवर्तनको समयमा शरीरलाई रोगसँग जुध्न सक्षम बनाउन र छालाको संरक्षण गर्न तेल मालिस अत्यन्तै उपयोगी मानिन्छ ।”

उनका अनुसार शरीरमा तेल लगाउनाले छालालाई सुक्खा हुनबाट जोगाउन, रक्तसञ्चार सुधार गर्न तथा शरीरलाई न्यानो राख्न मद्दत पुग्छ । त्यस्तै, तेल मालिसले छालाको सुरक्षात्मक तह मजबुत बनाउने र तनाव कम गर्न सहयोग पुर्‍याउने डा. पौडेलले बताए ।

‘तीतो अमृत’ नीमको महत्त्व
नीमलाई ‘तीतो अमृत’ का रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुनुअघि यसको पात चपाउनु विगतका तीतोपनलाई स्वीकार गर्दै नयाँ वर्षको मिठासलाई स्वागत गर्ने सांकेतिक अभ्यास हो । यसका साथै स्वास्थ्यका दृष्टिकोणले पनि नीम अत्यन्तै उपयोगी मानिन्छ ।

यसमा पाइने ‘एन्टी-इन्फ्लेमेटरी’ गुणले छालाका समस्या जस्तै- चायाँ र डन्डीफोर नियन्त्रण गर्न मद्दत गर्छ । नियमित प्रयोगले छालाको सौन्दर्यमा सुधार ल्याउने विश्वास गरिन्छ ।

आयुर्वेदमा प्राचीनकालदेखि नै नीमलाई महत्त्वपूर्ण औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसमा पाइने ‘एन्टी-इन्फ्लेमेटरी’ गुणले छालाका समस्या जस्तै- चायाँ र डन्डीफोर नियन्त्रण गर्न मद्दत गर्छ । नियमित प्रयोगले छालाको सौन्दर्यमा सुधार ल्याउने विश्वास गरिन्छ । दुई भाग नीमको रस र एक भाग शुद्ध महको अनुपातमा सेवन गर्दा शरीरलाई थप लाभ हुने मान्यता छ ।

त्यसैगरी, नीमको पात खानाले पेटसम्बन्धी समस्या कम हुने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास गरिन्छ । तर, नीम खाँदा चिकित्सकको सल्लाहबिना खान नहुने स्वास्थ्य विज्ञ बताउँछन् ।

अत्यधिक मात्रामा नीमको सेवन नगर्न र आफ्नो स्वास्थ्य अवस्थाअनुसार मात्र प्रयोग गर्न उनीहरूको आग्रह छ । यसरी परम्परा र स्वास्थ्यबीचको सन्तुलन कायम राख्दै यस्ता अभ्यासलाई सचेत रूपमा अपनाउन सके जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिने देखिन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ८ : ४० बजे

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको