दुई सय पाँच गोही राप्तीमा छाडियो « Khabarhub

दुई सय पाँच गोही राप्तीमा छाडियो


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोही छाडिएका हुन् । 

गत आर्थिक वर्षमा गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही नदीमा छाडिएका थिए । केन्द्रमा हुर्काइएका गोहीमध्ये हालसम्म दुई हजार २८० गोही विभिन्न नदीमा छाडिएका छन् । 

कार्यालयका  सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारायणी नदीमा ४१९, राप्ती नदीमा एक हजार ५२५, कालीगण्डकी नदीमा ३५, सप्तकोसीमा १०५ र कर्णालीमा ४१ वटा गोही छाडिएका छन् ।

त्यसैगरी बबइ नदीमा ११०,  चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्ती नदीमा १० वटा गोही छाडिएको उनले जानकारी दिए । हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ वटा गोही छन् ।  झण्डै पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ । 

सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाइने नदीमा राप्ती पर्दछ । गोही छाडिएका नदी किनारमा अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा ह्याचिङ गरेर चल्ला निकाल्ने गरिन्छ । 

तीनै चल्ला हुर्काएर नदीमा छाड्ने गरिएको हो । नदीमा छाडिएका बच्चा न्यून सङ्ख्यामा हुर्किएको पाइन्छ भने धेरै बगेर भारत पुग्ने गर्दछन् । कतिपय जालमा परेर र सिकारीको आक्रमणमा पर्ने गर्दछन् । नदी प्रदूषणका कारण पनि गोही उच्च जोखिममा पर्ने गरेको छ । 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ११ : ४४ बजे

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि