म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना « Khabarhub

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् । 

बेनीमा रहेको एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरूका लागि प्रदेश सरकारले एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायब सुब्बा सुवास सुवेदीले जानकारी दिए । 

बाँकी योजनाहरुको सर्वेक्षण, डिजाइन (नक्साङकन), लागत अनुमान तयार, सम्झौता र कार्यान्वयनको चरणमा रहेका छन् । पाँच-पाँच लाख बजेट बिनियोजन भएको बेनपा–९ को ढाडा पधेरा आरोटा, पाखाथर र रघुगंगा गाउँपालिका–३ को गलेश्वर–बगैचा पदमार्ग निर्माण सम्पन्न भएको हो । 

मालिका गाउँपालिका–७ मा प्रभुचेला ध्यानाश्रम, बिम–डाडागाउँ पदमार्गलाई १०-१० लाख, मालिका –३ को लामखोरिया–डाडागाउँ र मालिका–४ को गौखोरे–मतौका पदमार्गलाई छ-छ लाख बिनियोजन भएको छ । पाँच लाख बजेट बिनियोजन भएको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङ झरना पर्यटन पूर्वाधार निर्माण योजना पनि सम्पन्न भएको छ । 

रु। १० लाख बजेट बिनियोजन भएको चिमखोला देखि काली बराह पदमार्ग र रु। आठ लाख बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माणाधिन रहेको छ । पाँच-पाँच लाख बजेट रहेको बेनी नगरपालिकाको बराहपाखो पदमार्ग, लभ्लिडाडा घेराबार र सनातन धार्मिक आश्रम घेराबार तथा उद्यान निर्माण योजना कार्यान्वयनको चरणमा रहेका एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्शेर घर्ती क्षेत्रीले बताए। 

मंगला गाउँपालिका–४ को गम्फाधुरी– दापु– छहरा पूर्वाधार, मालिकाको बिम तल्लो गाउँ मान्थान देखि प्रभुचेला पदमार्ग र मालिका धुरी आधुनिक पूर्वाधार योजना कार्यान्वयनको चरणमा छन् । रघुगंगा गाउँपालिकाको फुलडाडा पदर्मा, मुलपानी देखि भगवती स्वास्थ्यचौकी जैसिखोर, खइसे धौलागिरी आइसफल पदमार्ग डिपिआर र गायत्री मन्दीर उद्यान निर्माण योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको छ । 

अन्नपूर्ण गाउँपालिकाको टिकोट –सोबन्ध पदमार्ग, मारका पदमार्ग, चित्रे हुदै घान्द्रुक देउराली पदमार्ग र फगाम–सुवा–दुवारी–मतिचौर पर्यटन पदमार्ग योजना निर्माणाधीन रहेका छन् । पर्यटनतर्फ हालसम्म १६ योजनाहरूको सम्झौता भइसकेको एकीकृत सेवा कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  १२ : ४३ बजे

नेप्से परिसूचक ६४ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अंकले

रास्वपालाई आशिकाको चुनौती, पार्टी बैठकभित्रै किन लगाइन् ‘हिडन क्यामेरा’सहितको चश्मा ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङ फेरि

आमाको बलात्कारपछि हत्या ! जिल्लामा न्याय नपाएपछि माइतीघरमा धर्ना दिँदै सात वर्षीया छोरी

काठमाडौँ – न्यायका लागि ‘माइतीघर मण्डला’ सबैको साझा थलो हो

सभापतिको राजीनामाबारे केन्द्रीय समिति बैठकले निर्णय गर्छ : प्रवक्ता चालिसे

काठमाडौं– सभापति गगन थापाको राजीनामाबारे निर्णय गर्न शुक्रबार नेपाली कांग्रेसको

श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार, उपचार खर्च व्यहोर्ने सांसद कानुको घोषणा

वीरगञ्ज– यहाँको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा