सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता « Khabarhub

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक तयारी र छलफल थालेका छन् ।

निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर फागुन २१ को चुनावको प्रतिवेदनसमेत राष्ट्रपतिकहाँ बुझाएपछि रास्वपाले आगामी चैत १४ गते गठन गर्ने गरी नयाँ सरकारको तयारी थालेको हो ।

नयाँ सरकारका लागि आन्तरिक तयारी थालिएको जानकारी बिहीबार साँझ रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले दिएका छन् ।

संसद् सचिवालयले आगामी चैत १२ गते सबै सांसदको शपथ खुवाउने कार्यक्रम राखेको छ । त्यसको दुई दिनपछि अर्थात् चैत १४ गते रास्वपा वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्रीमा नियुक्ति लिने तयारी गरेका छन् ।

त्यसअघि रास्वपाले आफ्नो विधान संशोधन गरेर बालेन्द्रलाई दलको नेता बनाउनुपर्नेछ । दलको नेता चयनका लागि विधान संशोधन गर्न यही शनिबार रास्वपाको बैठक बस्ने तयारी छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ७ : ०४ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र