आज २०८३ साल वैशाख ६ गते आइतबारको राशिफल  « Khabarhub

आज २०८३ साल वैशाख ६ गते आइतबारको राशिफल 


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख शुक्ल पक्षको द्वितिया तिथी । तदनुसार सन् २०२६ अप्रिल १९ तारिख। आज पर्शुराम जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। हरेक काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता र स्वास्थ्यमा लाभ मिल्नेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : आज तपाईंका लागि दिन सामान्य राम्रो छ। शुभ ग्रह भएकाले सोचेको काम बन्नेछ। आम्दानी बढ्नेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको दिन राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : आज शुभ दिन छ । शिक्षामा मिहिनेत गरेको भए प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। कतै घुमफिरको योजना बन्न सक्छ ।

सिंह : दिन राम्रो छ। पुरानो साथीसँग रमाइलो भेट हुनेछ। परिवारको साथ मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। विदेशको यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कन्या : आज धेरै नै झन्झटको सामना गर्नुपर्नेछ। घरभित्र तनाव हुनेछ। पुराना योजनाले गति लिनेछन्। साथीले सहयोग गर्नेछन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको सुझाव लिएर काम गर्नु राम्रो हुन्छ।

तुला : दैनिकी राम्रो छ। तपाईंको उत्कृष्ट कामको उचित मूल्यांकन हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आज बढी नै झन्झट बढ्नेछ। आफ्नो मान र मर्यादामा आँच आउने जोखिम छ। काम गर्दा सचेत हुनु राम्रो हुन्छ। तपाईंको बोलीको अर्थ उल्टो लगाउने सक्रिय छन्। शिक्षा र स्वास्थ्यमा श्रमको फल प्राप्त हुनेछ परिवारको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। मनमा उत्साह रहनेछ। आफूले नसोचेका मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। ख्यानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ।

मकर : दिन सामान्य छ। राम्रो काम गरे पनि जस भने अरुले लिने छन्। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। थोरै बोलेर काम धेरै गर्नुपर्ने दिन हो। अपरिचित मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आज धनलक्ष्मी योग परेको छ । सञ्चित धनलाई सदुपयोग गर्नु राम्रो हुन्छ। गुम्न लागेको सम्पत्ति प्राप्त हुने योग छ। आज तपाईंलाई जिम्मेवारी थपिनेछन्। ठुला काममा हात लगाउन हिम्मत गर्नु राम्रो हुनेछ। 

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ५ : ०९ बजे

ब्राजिलका फ्यनलाई नेमाइर खोज्न बाध्य बनाउने मोरोक्को

काठमाडौं – स्टार खेलाडीले भरिएको ब्राजिल र फुटबलका शक्ति राष्ट्रलाई

काठमाडौं महानगरको स्वास्थ्य योजना : बाइक एम्बुलेन्सदेखि मानसिक स्वास्थ्य कल सेन्टरसम्म

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता धवलशमशेर राणा र

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले