चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित « Khabarhub

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । शनिबार दशौँ केन्द्रीय अधिवेशनमा भएको मदतानमा जीवन पराजुलीलाई पराजित गर्दै बलामी अध्यक्षमा दोहोरिएका हुन् ।

जम्मा १४० मत खस्दा बलामीले ९५ र पराजुलीले ४२ मत प्राप्त गरे । बलामी अघिल्लो कार्यकालका अध्यक्षसमेत हुन् ।

त्यस्तै, महासचिवमा गोपीकृष्ण चापागाईं र सचिवमा मदन रिजाल निर्वाचित भए ।

महिला उपाध्यक्षमा दीपज्योति थापा, संगठन उपाध्यक्षमा रघुनाथ सापकोटा निर्वाचित भए । कार्यक्रम उपाध्यक्षको पदनमा कुमार आचार्य निर्विरोध चयन भए ।

कोषाध्यक्षमा मनिस दाहाल र सहकोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ११ : ३९ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत