भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु « Khabarhub

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको दक्षिणी क्षेत्रमा रहेको एक पटाका कारखानामा आइतबार भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी प्रमुख एन श्रीनाथले एएफपीलाई बताएअनुसार तामिलनाडु राज्यको विरुधुनगर जिल्लामा रहेको एक कारखानामा भएको घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

उनले आगलागीको कारण खुल्न नसकेको र उद्धारकर्ताले समाचार तयार पार्दासम्म घटनास्थलमा अझै काम गरिरहेको बताए । भारतमा प्रायः सुरक्षा नियमहरूको कमजोर पालना र कमजोर कार्यान्वयनको कारण औद्योगिक दुर्घटनाहरू हुनुलाई सामान्य रूपमा लिने गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत उक्त घटनामा आफ्ना प्रियजन गुमाएका पिडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले एक्समा एक पोस्ट गर्दै पटाका कारखानामा भएको आगलागी र मृत्युको घटना ‘दुःखद’ भएको बताएका छन् ।

मध्य भारतको एक विद्युत गृहमा यसै हप्ता भएको विस्फोटमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत महिना पनि भारतको पश्चिम क्षेत्रमा रहेको एक पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ४३ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी