आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२६ मे १९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गरे फाइदा हुनेछ । काममा साथीभाइको साथ र सहयोग मिल्नेछ । विपक्षीले विरोध गरे पनि काम बन्ने  छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : आज शुभ दिन छ । बोलीको प्रभावले काम बन्नेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्दा लगानी बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । जोगिएर काम गर्नु उचित हुन्छ । लगानी डुब्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । परिवारमा मनमुटाव हुनेछ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : दिन राम्रो छ । मिहिनेतको फल मिल्ने योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ । सहकर्मीको साथमा गरेको काम सफल बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्नेछ ।

कन्या : सोचेको काम बन्नेछ । घर व्यवहारमा कामको बोझ बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षीको सामना गर्न तयार हुनुपर्ने दिन छ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ ।

तुला : दिन धेरै राम्रो छ । सम्पत्ति र शिक्षालाई समय दिनु उचित हुन्छ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मिहिनेतको फल मिल्नेछ ।

वृश्चिक : दिन सामान्य छ । रोगले सताउने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । व्यवहार गर्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु :  दिन राम्रो छ । सोचेको काम बन्नेछ । धन खर्च भए पनि इज्जत बढ्नेछ । परिवारभित्रबाट भन्दा बाहिरबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा उन्नति हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मकर : दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । शिक्षाका क्षेत्रको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ :  सोचेको काम बन्नेछ । आम्दानी बढ्नेछ । बोलीमा समस्या हुने भएकाले सहकर्मीसँग नम्र भएर बोल्नु राम्रो हुनेछ ।  परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइले विवाद झिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा आलस्यता बढ्ने जोखिम छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ५ : ११ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज– सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्‍याली

बालेनको वाचा : राजा र हिन्दू राष्ट्र फर्काउने होइन, संघीयतालाई अझै बलियो बनाउने हो

काठमाडौं- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न अध्यक्ष दाहालको आह्वान

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास,