स्वास्थ्य क्षेत्रमा सुस्त प्रगति, घटेन मातृ मृत्युदर र कुपोषण « Khabarhub

स्वास्थ्य क्षेत्रमा सुस्त प्रगति, घटेन मातृ मृत्युदर र कुपोषण


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको सोह्रौँ योजनाले तय गरेका स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ । 

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार मातृ मृत्यु दरदेखि कुपोषण, स्वास्थ्यकर्मी उत्पादन र स्वास्थ्य बीमासम्मका धेरै सूचक आधार वर्षकै अवस्थामा सीमित रहेका छन् ।

प्रतिवेदनअनुसार आधार वर्ष २०७९-८० मा प्रतिलाख जीवित जन्ममा १५१ रहेको मातृ मृत्यु दरलाई सोह्रौँ योजनाले २०८१-८२ सम्म ८५ मा झार्ने लक्ष्य लिएको थियो ।

तर अनुमानित उपलब्धि पुनः १५१ नै रहेको उल्लेख छ । यस्तै, प्रतिहजार जीवित जन्ममा २१ रहेको नवजात शिशु मृत्यु दरलाई १३ मा झार्ने लक्ष्य राखिए पनि उपलब्धि २१ नै कायम छ ।

पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रतिहजार ३३ बाट २२ मा झार्ने लक्ष्य लिइएकोमा अनुमानित उपलब्धि २५ पुगेको छ ।

पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था २५ प्रतिशतबाट १७ प्रतिशतमा झार्ने लक्ष्य भए पनि उपलब्धि २५ प्रतिशत नै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या पनि लक्ष्यअनुसार घट्न सकेको छैन । प्रतिलाख जनसंख्यामा ९.५ जनाको मृत्यु हुने अवस्थालाई ५ मा झार्ने लक्ष्य रहेकामा अनुमानित उपलब्धि ७.४१ रहेको छ ।

यद्यपि केही सूचकमा सुधार देखिएको छ । पूर्ण खोप पाउने बालबालिकाको दर ८० प्रतिशतबाट ९५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएकोमा उपलब्धि ९६ प्रतिशत पुगेको छ । 

स्वास्थ्य बीमामा आबद्ध जनसंख्या २१ प्रतिशतबाट ३२ प्रतिशत पुगेको छ भने नवीकरण दर ६९ प्रतिशतबाट ७० प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । तर यी दुवै सूचक योजनाको लक्ष्यभन्दा अझै टाढा छन् । 

प्रतिहजार जनसंख्यामा स्वास्थ्यकर्मी उत्पादनको दर १.९४ बाट ४.६४ पुर्‍याउने लक्ष्य रहे पनि उपलब्धि १.९४ मै सीमित छ । कुल स्वास्थ्य खर्चमा व्यक्तिगत खर्चको हिस्सा ५४.२ प्रतिशतबाट ३८ प्रतिशतमा झार्ने लक्ष्य लिइए पनि कुनै सुधार हुन सकेको छैन ।

त्यसैगरी, ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएका घरधुरीको संख्या ७७ प्रतिशतबाट ८६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिए पनि उपलब्धि ७७ प्रतिशतमै सीमित रहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनमा स्वास्थ्य क्षेत्रका लक्ष्य हासिल गर्न स्वीकृत कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ३ : १६ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन