प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन « Khabarhub

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

संवैधानिक परिषद्‍द्वारा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सकिएसँगै नाम सर्वसम्मत अनुमोदन भएको हो।

यससँगै अब मंगलबार नै शर्माले नयँ प्रन्याको नियुक्ति लिएर शपथसमेत लिनेछन् । बुधबारदेखि उनै नयाँ प्रधानन्यायाधीशले दैनिक इजलास र पेशी तोक्नेछन्।

शर्मा मंगलबार संसदीय सुनुवाइ समितिमा उपस्थित भएर आफूविरुद्ध परेका १६ उजुरीको जवाफ दिएका थिए ।

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेका उजुरीहरू अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो ।

त्यसपछि उनी आफूविरुद्धका उजुरीको जवाफ दिन संसदीय समितिमा उपस्थित भए । सबै प्रश्नको जवाफ दिएसँगै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको जोडबलमा शर्मा फास्ट ट्रयाकबाट प्रन्या पक्का भएका हुन् ।

शर्माविरुद्धका संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका थिए । उजुरी वितरणपछि मंगलबार नै समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको थियो ।

वरिष्ठतामा चौथोक्रमका उनलाई प्रधानमन्त्री वालेन्द्र शाहको जोडबलमा प्रन्या बनाउन लागिएको हो । प्रम शाहले शर्मा मुद्दा छिनोफानोमा अब्बल रहेको तर्क संवैधानिक परिषद् बैठकमा गरेका थिए ।

सोमबार मात्रै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले शर्माविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिँदा सर्वोच्च प्रशासनाक मुख्य रजिष्ट्रारसहित कर्मचारी भागेर हिँडेका थिए । यो विवादबीच शर्माले अब सर्वोच्चको बागडोर सम्हाल्न लागेका हुन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ४ : ०० बजे

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६