स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति  « Khabarhub

स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति 


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राखिएको पाइएको छ । 

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार मन्त्रालयले ८ सय ४१ अतिरिक्त दरबन्दी सिर्जना गरी कर्मचारी पदपूर्ति गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार मन्त्रालय र मातहतका सरकारी कार्यालय, बोर्ड तथा अस्पतालसहित ४६ निकायमा ४ हजार २७२ दरबन्दी स्वीकृत रहेकोमा ४ हजार १८३ पदमा कर्मचारी कार्यरत छन् भने ८९ पद रिक्त छन् ।

तर मन्त्रालयले स्वीकृत संरचनाभन्दा बाहिर अतिरिक्त ८४१ पद सिर्जना गरी कर्मचारी नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, मन्त्रालय मातहतका अस्पतालहरूले आन्तरिक स्रोतबाट तलब भुक्तानी गर्ने गरी नियुक्त गरेका कर्मचारीको अभिलेखसमेत मन्त्रालयसँग नरहेको पाइएको छ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७ (क) मा स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी तथा पदपूर्तिसम्बन्धी व्यवस्था रहेको छ । प्रतिवेदनले कानुनी व्यवस्थाअनुसार कार्यबोझ विश्लेषण गरी कर्मचारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ५ : ०२ बजे

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि