अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ  « Khabarhub

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

उद्यमीको आवरणमा बदमासीको बचाउ नगर्न विपक्षी सांसदलाई आग्रह


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी वर्षको बजेट आउने बताएका छन् । 

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण रुपमा तालमेल रहेको भन्दै आगामी बजेट पनि त्यही दिशामा हुने बताए ।

उनले निजी उद्यमीको आवरणमा बदमासी गर्नेहरूको बचाउ नगर्दिन विपक्षी सांसदहरूलाई आग्रह गरे । श्रमिक, किसान, भूमिहीन, सुकुम्वासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउने गरी सरकार प्रस्तुत हुने उनले बताए । गरिबीको खेती नै गर्ने एउटा ठूलो उद्योग रहेको भन्दै उनले त्यसले निरन्तरता नपाउने स्पष्ट पारे ।

मन्त्री वाग्लेले पुरानै शब्द जालको खोजी गर्नेहरूले सरकारको कार्यक्रममा नयाँ कुरा नभेटेको तर्क गरे । विद्रोहपछि धेरै कुरामा बदलाव भएको र बाचापत्रमा प्रस्तुत गरेका सय बुँदालाई जनताले अनुमोदन गरेको भन्दै उनले त्यसलाई विशेष ध्यान दिने उल्लेख गरे

उनले सरकारको कार्यक्रमलाई आफ्नै दस्ताबेज बनाउन अर्को चुनाव कुर्न सुझाव दिए । 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ५ : ३४ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक