बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते « Khabarhub

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवाद चर्किँदा स्थानीयबीच झडप भएको छ । प्रहरी चौकी निर्माण र सीमा निर्धारणलाई लिएर तनाव बढेपछि अवस्था झडपमा परिणत भएको हो ।

मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका बासिन्दाले सीमा विवाद उठाउँदै विरोध जनाएपछि बाजुराका स्थानीयसँग उनीहरूको भिडन्त भएको हो । लामो समयदेखि रहेको सीमा विवाद पछिल्लोपटक उग्र बन्दै गएको देखिएको छ ।

झडपका क्रममा प्रहरीसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा हिमाली गाउँपालिका–३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, बिच्छिया प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन् । उनीहरूलाई ढाड, घाँटी, छाती र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यसैबीच, हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान अन्तर्गत शैपाल हिमालको बेस क्याम्पतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुगेका बेला तनाव थप चर्किएको थियो । टोलीले ड्रोनमार्फत दृश्य खिच्न खोज्दा थाली गाउँका स्थानीय आक्रोशित बनेपछि विवाद अझ बढेको बताइएको छ ।

घटनापछि सञ्चार सम्पर्क अवरुद्ध हुँदा मेयर हमाल नेतृत्वको टोलीको अवस्था पनि स्पष्ट हुन सकेको छैन । उता, सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर, थालीका स्थानीयले उक्त क्षेत्र आफूहरूको परम्परागत भोगचलनमा रहेको भन्दै चौकी निर्माणको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ८ : ३१ बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित