शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना « Khabarhub

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा. मनोज शर्माले मंगलबार गरेको दौडधूप कम्ता धपेडीयुक्त थिए।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कक्षदेखि रामशाह पथस्थित नयाँ कार्यकक्ष पुग्दा शर्मालाई रातको साढे सातसम्म लाग्यो । एकैदिनमा सुनुवाइ, उजुरीको जवाफ, शीतल निवासमा शपथदेखि रामशाह पथमा पदभार ग्रहणसम्म गर्न भ्याए शर्माले।

सर्वोच्चको वरिष्ठ न्यायाधीशमध्ये चौथो रोलक्रमका उनले पहिलो रोलक्रमकी सपना प्रधान मल्लसहित अन्य तीनजनालाई उछिन्दै देशको न्याय क्षेत्रको उच्च ओहोदामा पुग्न सफल भए ।

तर मंगलबार पदभार ग्रहण गर्दा वरिष्ठ न्यायाधीश मल्ल प्रधानले बहिष्कार गरिदिइन् । उनलाई सर्वाेच्चमा मुख्य रजिष्ट्रार बिमल पौडेलसहितले लाइन लागेर स्वागत गर्दा वरिष्ठ न्यायाधीश देखिइनन् ।

उनको स्वागतका लागि न्यायाधीश, मुख्य रजिस्ट्रार पौडेल तथा अदालतका उच्चपदस्थसँगै कर्मचारीहरू तयारी अवस्थामा थिए । उनीहरूले शर्मालाई बधाई तथा शुभकामना दिए ।

फूलमाला र खादाले न्यायाधीश तथा कर्मचारीहरूले स्वागत गरेलगत्तै उनले एउटा निर्णयमा हस्ताक्षर गरे । त्यसपछि शर्माले सञ्चारकर्मीलाई सम्बोधन गरे ।

सम्बोधनका क्रममा उनले दायाँतिर न्यायाधीश कुमार रेग्मीलाई राखे भने बायाँतिर हरि फुयाललाई । त्यस्तै कुर्सीको एउटै आशनमा न्यायाधीश डा. नहकुल सुवेदी र विनोद शर्मा थिए ।

तर, उनको स्वागतमा कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान उपस्थित भइनन् ।

सपना सर्वाेच्चको पहिलो रोलक्रमकी वरिष्ठतम न्यायाधीश हुन् । प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचेर चौथो वरीयताका मनोजलाई वालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदद्वारा सिफरिसा गरेयता सपना रुष्ट छिन् ।

उनले कानुन दिवसमै यसबारे आफ्नो धारणा व्यक्ति गरिसकेकी छन् । उनले कानुन दिवसको कार्यक्रममा दुईतिहाइ बहुमतको दम्भमा नडराउने कडा अभिव्यक्ति दिएकी थिइन् ।

त्यस्तै सपनाको पक्षमा वकालत गरिरहेको नेपाल बार एसोसियसन अध्यक्षलगायत पदाधिकारी पनि शर्माको स्वागतमा गएनन् । बारका सदस्यहरूले मंगलबार नै सर्वोच्च परिसरमा लालटिन बालेर प्रदर्शन गर्न भ्याए ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ९ : २२ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि