प्रहरीमा उजुरी दिन अब कार्यालय जानै नपर्ने « Khabarhub

प्रहरीमा उजुरी दिन अब कार्यालय जानै नपर्ने


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीमा उजुरी दिन अब प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मंगलबार ‘प्रहरी एप’ मार्फत नै पीडितले उजुरी दिन सक्ने व्यवस्थाको सुरु भएको जानकारी दिए ।

नेपाल प्रहरी रणनीति योजना २०८३–२०८५ सार्वजनिक गर्दै पीडितले आफू पीडित भएको प्रमाणसहितको उजुरी प्रहरी एपमार्फत नै गर्न सकिने जनाएका हुन् । अब कार्यालय आउनुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।

उजुरी गर्न सकिने एपको समेत आईजीपी कार्कीले मंगलबारदेखि सुरु भएको जनाएका छन् । अब पीडितले उजुरी गर्न नेपाल प्रहरीको एप डाउनलोड गरेर मागिएको विवरणअनुसारको प्रमाणसहितको उजुरी र घटनास्थलको लोकेसन क्लिक गरेर पठाउनु पर्नेछ ।

घटनास्थलको लोकेसन छानेपछि भने त्यो लोकसनमा पर्ने प्रहरी कार्यालयमा उजुरी दर्ता हुनेछ । सोही उजुरीबारे प्रहरीले एपमार्फत नै पीडितलाई अनुसन्धान प्रक्रियाबारे जानकारी गराउने छ ।

आईजीपी कार्कीले एप सार्वजनिक गर्दै भने, “अब उजुरी दिन प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । हामी डिजिटल रेकर्डमा गएका छौँ । अब पीडितको फाइल प्रहरीको घर्रामा हरोउने छैन । पीडितको उजुरीबारे एपमार्फत नै जानकारी गराइने छ । त्यसको सुरुआत हामीले गरेका छौँ ।”

प्रहरी एपको उद्घाटनबाहेक आईजीपी कार्कीले प्रहरीको संगठनको अल्पकालीन लक्ष्य, दीर्घकालीन लक्ष्य र रणनीतिक सुधारका क्षेत्र तथा लक्ष्यहरू सार्वजनिक गरेका छन् ।

जसअन्तर्गत अल्पकालीन कार्ययोजनाअनुसार प्रहरी संगठनको नीतिगत तथा कानुनी सुधार, समुदाय प्रहरी सहकार्य सृदृढ, समस्या र पूर्वानुमानमा आधारित अपराध रोकथाम तथा नियन्त्रण राखिएको छ । त्यस्तै, जनशक्तिको सेवा विशिष्टीकृत, प्रहरी प्रशासन कार्यदक्षता तथा कार्य प्रभावकारिता सुधार र सुपरिवेक्षण अनुगमन विकास र कार्यान्वयन राखिएको छ ।

दीर्घकालीन लक्ष्यअनुसार समाजमा शान्ति सुव्यवस्था, पारदर्शी प्रहरीद्वारा जनविश्वस, अपराधको रोकथाम, दक्ष नैतिकवान्, सुदृढ पूर्वाधार र कार्यवातावण राखिएको छ ।

रणनितिक क्षेत्रहरूमा नीति योजना र अन्तर्राष्ट्रिय समन्वय, शान्तिसुरक्षा प्रहरी कारबाही तथा विपद् व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, भौतिक पूर्वाधार, मानवस्रोत विकास, सूचना प्रविधि लगायतका योजना समावेश गरिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ८ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को