श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो « Khabarhub

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका क्रममा एकजना वृद्धको मृत्यु भएको छ । उक्त विवादमा उनकी श्रीमती घाइते भएकी छन् ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ : ३० बजे ७२ वर्षीय धिरेन राजवंशीले घरायसी विवादका क्रममा ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले हानेका थिए । त्यसक्रममा उनी घाइते भइन्।

घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको छ । उनको पेटमा चोट लागेको पाइएको छ। उनको उपचार भइरहेको अवस्थामा धिरेनले घरको तेस्रो तलाबाट हाम्फालेका थिए।

हाम्फालेपछि गम्भीर घाइते उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । तर उनको बिहीबार साँझ पौने ७ बजे बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : १२ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित