आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास « Khabarhub

आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडक आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) जिरोकिलो तथा भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । मौसम अनुकूल रहे सडक आजै साँझदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको विभागको भनाइ छ ।

सडक विभागका महानिर्देशक विजय जैशीले ठूलो वर्षा नभए आज साँझबाट र वर्षा निरन्तर भए भोलिदेखि सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए । 

‘वर्षा कम भए आज साँझबाटै कोदारी सडक सञ्चालनमा ल्याउने लक्ष्य छ । वर्षा निरन्तर भए भोलिसम्म सडक खुलाउने गरी काम भइरहेको छ’, उनले भने ।

महानिर्देशक जैशीका अनुसार अवरुद्ध सडकखण्ड छिटो सञ्चालनमा ल्याउन सम्भावित पहिरो प्रभावित स्थानमा डोजर, एक्साभेटर, लोडर लगायतका हेभी उपकरण तयारी अवस्थामा राखिएको छ । पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको उनले बताए ।

देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण राजमार्गमा पहिरोको जोखिम बढिरहेकाले सडक विभागले आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 
 

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ३ : २७ बजे

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्