चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित दुईजना नियन्त्रणमा « Khabarhub

चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित दुईजना नियन्त्रणमा


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाटआइतबार सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षिय अनिल देउला र उदयपुर जिल्लाको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षिय सुमित्रा राई छन् ।

डिएसपी शैलेन्द्र थापाका अनुसार अनिलले लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स व्यूरोको टोलीले ५० वटा बक्समा रहेको १५ हजार क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा हो । 

साथै उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै देउला बस्ने कोठाबाट डाईजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १ सय ८८ वटा, ट्रामाडोल ३ हजार ७ सय ७० वटा र पोलेन १ सय ५० वटासहित सुमित्रालाईसमेत नियन्त्रणमा लिइएको हो ।

त्यसैगरी उनको कोठाबाट १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ तथा ३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको छ । 

दुवै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, स्कुटर र मोबाइल सेटसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको  डिएसपी थापाले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ३ : ५४ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४