श्रीलङ्काबाट आइपुगे प्रचण्ड, प्रदेश सरकारबारे गगनसँग निर्णायक वार्ता गर्दै « Khabarhub

श्रीलङ्काबाट आइपुगे प्रचण्ड, प्रदेश सरकारबारे गगनसँग निर्णायक वार्ता गर्दै


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड तीन दिने श्रीलङ्का भ्रमण सकेर फर्किएका छन्।

बिहानै श्रीलङ्काबाट उडेका उनी दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेका छन् ।

प्रचण्ड फर्किएपछि प्रदेश सरकार कसरी अगाडि बढाउने विषयमा नेपाली कांग्रेसका सभापति गगन थापासँग छलफल हुने भएको छ ।

गगन र प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूले गत मंगलबार प्रचण्ड कोलोम्बो उड्ने बेलामा भेटवार्ता गरेका थिए।

भेटवार्ता सकारात्मक रहे पनि अन्तिम निष्कर्षमा नपुगेकाले आज या भोलि गगन र प्रचण्ड फेरि भेट्ने तयारी छ ।

प्रदेश सरकारहरूमा कांग्रेसले एमालेसँग सहकार्य नगर्ने निर्णय लिएर अघि बढिसकेको छ।

त्यसको विकल्पमाा कांग्रेस र नेकपा मिलेर सरकार बनाउने तयारी छ। त्यसकै लागि दुई दलले केन्द्रमा गर्ने निर्णय प्रदेशका नेताहरूले कुरिरहेका छन् ।

‘सभापतिज्यू र संयोजक प्रचण्डबीच आज या भोलि भेटवार्ता हुनसक्छ । त्यसपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने निर्णय होला’,कांग्रेस महामन्त्री गुरू घिमिरे भन्छन्, ‘हामीले एमालेसँगको सहकार्य तोड्ने विषयमा छलफल गरिरहेका छौं । औपचारिक निर्णय बाँकी छ ।’

आइतबारको एक सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका सभापति थापाले प्रदेशमा तीन दलीय गठबन्धने अगाडि नबढ्ने स्पष्ट पारिसकेका छन् । उनले कांग्रेस, नेकपा र एमालेबीच गठबन्धन नहुने स्पष्ट पारेका छन् । अब यस्तोमा नेकपा र कांग्रेसबीचको गठबन्धनबारे निर्णयतिर जान सक्ने सम्भावना छ।

प्रचण्डका विश्वास पात्र तथा प्रतिनिधि सभाका सांसद रमेश मल्ल कांग्रेस-एमाले गठबन्धन फुटेपछि नेकपाले अभिभावकीय भूमिका खेलेको टिप्पणी गर्छन् । आफूहरू अहिले प्रदेश सरकारमा जान हतार नगरे पनि एमाले-कांग्रेस खटपटले जिम्मेवारी लिनुपर्ने बाध्यतामा रहेको जवाफ दिन्छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ४ : ०६ बजे

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन