श्रीलङ्काबाट आइपुगे प्रचण्ड, प्रदेश सरकारबारे गगनसँग निर्णायक वार्ता गर्दै « Khabarhub

श्रीलङ्काबाट आइपुगे प्रचण्ड, प्रदेश सरकारबारे गगनसँग निर्णायक वार्ता गर्दै


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड तीन दिने श्रीलङ्का भ्रमण सकेर फर्किएका छन्।

बिहानै श्रीलङ्काबाट उडेका उनी दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेका छन् ।

प्रचण्ड फर्किएपछि प्रदेश सरकार कसरी अगाडि बढाउने विषयमा नेपाली कांग्रेसका सभापति गगन थापासँग छलफल हुने भएको छ ।

गगन र प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूले गत मंगलबार प्रचण्ड कोलोम्बो उड्ने बेलामा भेटवार्ता गरेका थिए।

भेटवार्ता सकारात्मक रहे पनि अन्तिम निष्कर्षमा नपुगेकाले आज या भोलि गगन र प्रचण्ड फेरि भेट्ने तयारी छ ।

प्रदेश सरकारहरूमा कांग्रेसले एमालेसँग सहकार्य नगर्ने निर्णय लिएर अघि बढिसकेको छ।

त्यसको विकल्पमाा कांग्रेस र नेकपा मिलेर सरकार बनाउने तयारी छ। त्यसकै लागि दुई दलले केन्द्रमा गर्ने निर्णय प्रदेशका नेताहरूले कुरिरहेका छन् ।

‘सभापतिज्यू र संयोजक प्रचण्डबीच आज या भोलि भेटवार्ता हुनसक्छ । त्यसपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने निर्णय होला’,कांग्रेस महामन्त्री गुरू घिमिरे भन्छन्, ‘हामीले एमालेसँगको सहकार्य तोड्ने विषयमा छलफल गरिरहेका छौं । औपचारिक निर्णय बाँकी छ ।’

आइतबारको एक सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका सभापति थापाले प्रदेशमा तीन दलीय गठबन्धने अगाडि नबढ्ने स्पष्ट पारिसकेका छन् । उनले कांग्रेस, नेकपा र एमालेबीच गठबन्धन नहुने स्पष्ट पारेका छन् । अब यस्तोमा नेकपा र कांग्रेसबीचको गठबन्धनबारे निर्णयतिर जान सक्ने सम्भावना छ।

प्रचण्डका विश्वास पात्र तथा प्रतिनिधि सभाका सांसद रमेश मल्ल कांग्रेस-एमाले गठबन्धन फुटेपछि नेकपाले अभिभावकीय भूमिका खेलेको टिप्पणी गर्छन् । आफूहरू अहिले प्रदेश सरकारमा जान हतार नगरे पनि एमाले-कांग्रेस खटपटले जिम्मेवारी लिनुपर्ने बाध्यतामा रहेको जवाफ दिन्छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ४ : ०६ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४