कांग्रेस-नेकपा गठबन्धनविरुद्ध उभिएका झलनाथको छुट्टै तयारी « Khabarhub

कांग्रेस-नेकपा गठबन्धनविरुद्ध उभिएका झलनाथको छुट्टै तयारी


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नेपाली कांग्रेससँगको गठबन्धनको विपक्षमा उभिएका छन्।

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारमा सम्भावित गठबन्धनका लागि छलफल अघि बढाउँदै गर्दा खनाल विपक्षमा उभिएका हुन् ।

त्यहीकारण उनले आफूनिकट नेताहरूसँग छुट्टै छलफल थालेका छन्। अर्का नेता माधव नेपाल र प्रचण्डले कांग्रेससँग गठबन्धन बढाउने तयारी गरेपछि उनी असन्तुष्ट छन् ।

उता माधव पनि कांग्रेससँग अपरिपक्क गठबन्धन गर्न नहुने पक्षमा छन्। तर नेकपा संयोजक प्रचण्डले कांग्रेस सभापति थापासँग लचिलो भएर वार्ता गरिसकेका छन् ।

नेकपाले आफ्नो सम्मानजनक उपस्थिति रहेको प्रदेशमा मुख्यमन्त्री लिने शर्तमा मात्रै कांग्रेससँग गठबन्धन अगाडि बढाउनुपर्ने अडान लिएको छ। त्यहीकारण गगन र प्रचण्डबीच निर्णायक वार्ता हुनसकेको छैन। उक्त वार्ता आज या भोलि हुने सम्भावना छ।

कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा भएको तीन दिने कार्यक्रम सकेर प्रचण्ड नेपाल फर्किएका छन्। यता खनालले भने आफूनिकट नेताहरूसँग छुट्टै छलफलमा छन् ।

माधव यसबारे मौन रहँदा झलनाथ भने नेकपा र कांग्रेसबीचको गठबन्धनको विपक्षमा उत्रिएका छन्। वामपन्थीहरू एक हुनुपर्ने झलनाथको अडान छ। यसैकारण उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर वाम गठबन्धन ब्युँत्याउने पक्षमा देखिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीमा झलनाथको भूमिका र पकड धेरै बलियो छैन । उनको कुनै निर्णयले नेकपामा ठूलो प्रभाव पार्न सक्ने अवस्था पनि नरहेको नेताहरू बताउँछन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ४ : ३१ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६