अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं नरेफाँट बस्ने महोत्तरी घर भएका २० वर्षीय सचिन मण्डल र १९ वर्षीय रोहित महतो रहेका छन् । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बसपार्क बस्ने २९ वर्षीय राजेश खत्री र २७ वर्षीय ललित विष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने २२ वर्षीय धिरज चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै भजनी नगरपालिका-३ पडेरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित जोशीपुर गाउँपालिका-१ बस्ने २८ वर्षीय निरज कुस्मीसमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले बा.९४ प ३२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भजनी नगरपालिका-१ बस्ने २२ वर्षीय सुरेश रेग्मी समेत २ जनाले बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनीहरूलाई समेत पक्राउ गरेको छ ।

यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-१ लकडमन्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २८ वर्षीय अम्मरदिप डगौरा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरीकार्यलाय जोशीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी भजनी नगरपालिका-८ कृष्णनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-९ बस्ने २६ वर्षीय शंकर देवकोटालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ खैरेनी बस्ने २२ वर्षीय रोहन शाक्यलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

त्यसतै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ३० ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ कालीगण्डकी चोक बस्ने २० वर्षीय रेगन हमालसमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यसैगरी, सिराहाको गोलबजार नगरपालिका-६ गोलबजार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय सुजन थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २४ वर्षीय सुजन तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङको रंगेली नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित कानेपोखरी गाउँपालिका-७ रमाइलो बस्ने २२ वर्षीया सुष्मिता लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-३ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तुकरिब ४ किलोग्रामसहित दाङ घोराही उपमहानगरपालिका-१३ बस्ने रोल्पा माडी गाँउपालिका-१ घर भएकी ४० वर्षीया गौरी भन्ने मन कुमारी घर्तीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय जाजरकोट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ०७ बजे

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,