बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै « Khabarhub

बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपाको मानन्धर तथा शाक्यहरु  ‘गुँला’ पर्व मनाउन व्यस्त देखिएका छन् । यस अवसरमा वाँख्यो दाफा भजनखलःले नौ–बाजासहित विभिन्न बौद्ध, विहार, चैत्य, वहीलगायत तीर्थस्थल परिक्रमा गरिरहेका छन् । 

यसपर्व एक महिनासम्म मनाइने गरिएको छ । बाजागाजा बजाउँदै विभिन्न तीर्थस्थलको परिक्रमा गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएका हुन् । 

यस पर्वले नेवार समुदायको मौलिक कला, सङ्गीत, बाजागाजा, दाफा संस्कृति र सामाजिक एकताको प्रदर्शनका रुपमा लिइने गरिएको स्थानीय विश्वराम मानन्धरले बताए । 

यसपर्वमा बिहानैदेखि परम्परागत बाजागाजाको धुनसँगै धार्मिकस्थलको परिक्रमा गर्ने प्रचलन रहेको छ । परम्परागत पोसाकमा सजिएका बाजागाजा बजाउने कलाकार तथा दाफा–सदस्य समूहमा सहभागी भई सांस्कृतिक धुन प्रस्तुत गर्दा बनेपाका पुराना बस्तीमा पर्वको छुट्टै रौनकता देखिएको पाइन्छ । 

स्थानीय संस्कृतिकर्मीका अनुसार नयाँ पुस्तालाई सहभागी गराउँदै बाजा बजाउने, भजन गाउने र धार्मिकस्थल परिक्रमा गर्ने अभ्यास गराइनुले मौलिक संस्कृति पुस्तान्तरणमा महत्त्वपूर्ण योगदान पुगेको छ । 

यस पर्वमा विशेषगरी बौद्ध धर्मावलम्बीले भगवान् बुद्धप्रति श्रद्धा प्रकट गर्दै विहार तथा चैत्यको दर्शन गर्ने, दीप प्रज्ज्वलन गर्ने, पूजा तथा प्रार्थना गर्ने र धार्मिक यात्रामा सहभागी हुने गर्दछन् । 

धार्मिक आस्था र सांस्कृतिक परम्परालाई एकसाथ अघि बढाउने भएकाले यस पर्व नेवार समुदायको मौलिक जीवनशैलीसँग गहिरोसँग जोडिएको पर्वका रुपमा स्थापित गराइएको हो । 

वाँख्यो दाफा भजन खलःले यस पर्वका अवसरमा गर्दै आएको सांस्कृतिक परिक्रमा कार्यक्रमले धार्मिक आस्थासँगै बनेपाको मौलिक सांस्कृतिक पहिचानलाई पनि उजागर गर्दै आएको बताइन्छ ।

पुस्तान्तरण हस्तान्तरण हुँदै आएको दाफा–भजन, परम्परागत बाजागाजा र सामूहिक धार्मिक–यात्रालाई निरन्तरता दिँदै खलःले नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १२ : ०१ बजे

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका

सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी : अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत