हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य « Khabarhub

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

यस साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्त्वपूर्ण मूल्य शृङ्खला साझेदारहरूको वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराउनु रहेको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास का कन्ट्री डाइरेक्टर मनीष प्रधानले औपचारिक रूपमा हस्ताक्षर गरेका हुन् । 

बैंकका अनुसार यस सहकार्यले समावेशी आर्थिक विकास, उद्यम प्रवर्द्धन तथा मूल्य शृङ्खला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक पहुँचसँग जोडेको छ ।  

साझेदारीबारे प्रतिक्रिया दिँदै कुमारी बैंकका दिगो बैंकिङ्ग प्रमुख अर्पण पौडेलले हरित उद्यमका विकासका लागि प्रयत्नरत व्यवसाय तथा उद्यमीहरूलाई वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत बैंकले सहयोग गर्दै महत्वपुर्ण भूमिका खेल्ने बताए । 

उनका अनुसार यो सहकार्यले हरित तथा जलवायु–उत्थानशील नेपाल निर्माणमा योगदान पुर्‍याउदै व्यवसायिहरुको वित्तीय पहुँचलाई दिगो बनाउनेछ । 

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ३ : १४ बजे

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल