सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड « Khabarhub

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् । 

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा ‘पर्यटन विधेयक २०८१’ का सम्बन्धमा  होटल एसोसिएसन नेपाल (हान)लगायतका सरोकारवाला निकायले पर्यटन व्यवसायलाई दीर्घकालीन, प्रभावकारी र बृहत्तर बनाउनुपर्नेमा धारणा राखेका थिए ।

सरोकारवालाले अबको पर्यटन ग्रीन, आरोग्य, धार्मिक, वैवाहिक पर्यटनलगायत विभिन्न नवीन शैलीका पर्यटनलाई समेट्न जोड दिएका छन् । होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले ‘पर्यटन विधेयक २०८१’ को मस्यौदाले क्यासिनो विस्तारमा मात्रै जोड दिएको बताए। 

उनले विधेयकमा रहेको चारतारे र पाँचतारे होटल सङ्घले हेर्ने र होटेलले क्यासिनो सञ्चालन गरेबापत १० प्रतिशत शेयर लिनुपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने बताए। 

समितिका सभापति सुिम्नमा उदासले पर्यटन क्षेत्र देशको गौरव, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र अर्थतन्त्रको महत्वपूर्ण आधार रहेकाले विधेयक संशोधनमा गम्भीर भई सरोकारवालासँगको राय सुझाव संकलन आवश्यक हुने बताए।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ५ : ३३ बजे

बूढीगण्डकीमा आएको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर