धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने « Khabarhub

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । 

बिहीबार काठमाडौंमा बसेको जय नेपाल पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले संंविधान संशोधनका लागि वर्तमान सरकारले राय सुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।

बैठकले गौहत्या र गाईको मासुको खपतमा रोक लगाउने गरी राज्य लगायत सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसाथ भदौ महिनामा दबाबमूलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ भने जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरुलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने निर्णय गरिएको जय नेपाल पार्टीका अध्यक्ष धवलशम्सेर राणाले जानकारी दिए ।

बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय तहमा जय नेपाल पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य र लोकप्रिय नागरिकहरूलाई सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ । भने, भदौ र असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने गरी केन्दीय सदस्यहरू समावेश गरेर टोली खटाउने अध्यक्ष राणाले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ७ : ०० बजे

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

काठमाडौं – नेपाल वायुसेवा निगमका ८३ वर्षीय कार्यकारी अध्यक्ष महेश्वरभक्त

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ