पुराना विमान विस्थापन गरी नयाँ किन्ने भारतीय वायुसेनाको तयारी « Khabarhub

पुराना विमान विस्थापन गरी नयाँ किन्ने भारतीय वायुसेनाको तयारी


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय वायुसेनाले आफ्नो हवाई क्षमतालाई आधुनिक र बलियो बनाउने उद्देश्यले ठूलो संख्यामा नयाँ विमानहरू खरिद गर्ने तथा पुराना विमानहरूलाई विस्थापित गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसै क्रममा भारतको रक्षा मन्त्रालयले ६० वटा बहुउपयोगी परिवहन विमान (मल्टीरोल ट्रान्सपोर्ट एयरक्राफ्ट) र १५० वटा जेट ट्रेनर विमान खरिदका लागि दुईवटा प्रस्तावहरू जारी गरेको छ । चेक अखबार आर्माड्नी नोभिनीका अनुसार यी दुवै रक्षा कार्यक्रमहरूको कुल अनुमानित लागत १२ अर्ब डलर रहेको छ ।

१० दशमलव ५ अर्ब डलरको लागत रहेको ठूलो परियोजना अन्तर्गत १८ देखि ३० टन भार बहन क्षमता भएका ६० वटा परिवहन विमानहरू खरिद गरिनेछन्। यी नयाँ विमानहरूले भारतीय वायुसेनामा लामो समयदेखि सेवा दिइरहेका करिब १०० वटा पुराना एन्टोनोभ एन-३२ परिवहन विमानहरूको स्थान लिनेछन्। यो ठेक्का भारतीय कम्पनीहरूका लागि मात्र खुला गरिएको छ ।

यसमा उनीहरूले विदेशी उत्पादकहरूसँग संयुक्त उद्यम (जोइन्ट भेन्चर) स्थापना गर्नुपर्नेछ। ‘मेक इन इन्डिया’ नीतिको पालना गर्दै पहिलो १२ वटा विमान तयार अवस्थामा आपूर्ति गरिनेछन् भने बाँकी विमानहरू भारतमै जडान गरिनेछन् जसमा उत्पादनको ६० प्रतिशतसम्म हिस्सा स्थानीय स्तरमै गरिनेछ।

यस परियोजनाका प्रमुख प्रतिस्पर्धीहरूमा ब्राजिली कम्पनी एमब्रिएरको सी-३९० विमानको साझेदारीमा महिन्द्रा डिफेन्स र लकहिड मार्टिनको सी-१३०जे सुपर हर्कुलससहित टाटा एडभान्स्ड सिस्टम्स रहेका छन्। यसबाहेक हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) ले इल-२१४ विमानका लागि रूससँगको संयुक्त परियोजनालाई पुनः जीवित गर्ने विषयमा पनि विचार गरिरहेको छ।

त्यस्तै, करिब १ दशमलव ८ अर्ब डलरको लागतमा लडाकु पाइलटहरूको तालिमका लागि १५० वटा स्टेज-थर्ड एफ श्रेणीका जेट ट्रेनर विमानहरू खरिद गर्ने अर्को कार्यक्रम पनि अघि बढाइएको छ। यी नयाँ विमानहरूले पुराना भइसकेका हक मार्क १३२ ट्रेनरहरूको स्थान लिनेछन् र राफेल, तेजस तथा सु-३० एमकेआई लडाकु विमानहरू उडाउनका लागि पाइलटहरूलाई तालिम प्रदान गर्नेछन्। विगतमा जेट ट्रेनर विमानहरू खरिद गर्न भएको ढिलाइले गर्दा सुपरसोनिफ विमानहरूमा संक्रमणकालका समयमा पाइलटहरूको अपर्याप्त सीपका कारण दुर्घटनाको दर बढेको थियो।

यो ठेक्का आगामी १२ देखि १६ महिनाभित्र हस्ताक्षर हुने अपेक्षा गरिएको छ भने सम्झौता लागू भएको ६० महिनाभित्र डेलिभरी पूरा गरिसक्नुपर्नेछ। तालिम विमान आपूर्तिको प्रमुख स्थानीय उम्मेदवार एचएएलको एचएलएफटी-४२ परियोजना रहेको छ भने सम्भावित विदेशी प्रतिस्पर्धीहरूमा इटालीको लियोनार्डो एम-३४६ मास्टर, दक्षिण कोरियाको केएआई टी-५० गोल्डेन इगल र अमेरिकी-स्विडेनी बोइङ/साब टी-७ए रेड हक रहेका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ५ : ५७ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्