२०३६ को ओलम्पिक आयोजनाका लागि भारतले औपचारिक दाबी प्रस्तुत गर्ने « Khabarhub

२०३६ को ओलम्पिक आयोजनाका लागि भारतले औपचारिक दाबी प्रस्तुत गर्ने


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ओलम्पिकको आयोजनाका लागि भारतले औपचारिक दाबी प्रस्तुत गर्ने घोषणा गरेका छन् । भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशमा खेलकुदको स्तर निरन्तर उकालो लाग्दै गएको र खेल क्षेत्रको विश्वव्यापी नक्सामा भारत बलियो दावेदारको रूपमा उदाएको बताए ।

सम्बोधनका क्रममा उनले सन् २०३० को कमनवेल्थ खेलकुद समेत भारतले आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए। ओलम्पिकमा करिब ४० वटा खेलहरू र ३२५ देखि ३५० वटा इभेन्टहरू समावेश हुने भए पनि भारत तीमध्ये लगभग दुईतिहाइ इभेन्टहरूमा सहभागी समेत नहुने वा छनोट नै नहुने वास्तविकता उनले औंल्याए। यही कमजोरीलाई सुधार गर्दै भविष्यमा ओलम्पिक पदकको सम्भावना बढाउन सरकारले विशेष रणनीति अगाडि बढाएको उनको भनाइ छ।

सन् २०३६ को ओलम्पिक आयोजनासँगै देशमा दीर्घकालीन रूपमा सक्षम खेलाडी उत्पादन गर्न राष्ट्रव्यापी रूपमा ‘प्रतिभा खोजी अभियान’ (ट्यालेन्ट हन्ट) सञ्चालन गर्ने घोषणा गरिएको छ। यस अभियान अन्तर्गत गाउँ, सहर र विद्यालयहरूबाट ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाको खेलकुद क्षमता पहिचान गरिनेछ।

हाल ५, १० वा १५ वर्षका बालबालिकामा लगानी गरे मात्र सन् २०३६ को ओलम्पिकका लागि विश्वस्तरीय खेलाडी तयार गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री मोदीले यसमा बालिका तथा किशोरीहरूको सहभागितामा विशेष जोड दिइने प्रष्ट पारे।

यसरी छनोट भएका बालबालिकालाई वैज्ञानिक परीक्षण र विशेष प्रशिक्षण प्रदान गरी अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न सक्षम खेलाडीको रूपमा विकसित गरिनेछ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ६ : ०९ बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ