गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु « Khabarhub

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले जानकारी दिए ।

छातीमा गम्भीर चोट लागेका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । गत बिहीबार झापा गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा पनि एक जना भारतीय युवकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ८ : ०३ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३