चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन « Khabarhub

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले वर्तमान वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार स्वेच्छाचारी, निरङ्कुश र गैरजिम्मेवार बनेको आरोप लगाउँदै दशैँ, तिहार र छठपछि सरकारविरुद्ध जनता विद्रोहमा उत्रने दाबी गरेका छन्।

नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पुनले चाडपर्वपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने भएकाले त्यसको नेतृत्व र व्यवस्थापनका लागि अहिल्यैदेखि तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिए।

विगत ३५ वर्षमा केही भएन भन्दै भ्रामक प्रचार गरेर सत्तामा पुगेकाहरू प्राकृतिक विपद्पछिको उद्धार, राहत तथा किसानका आधारभूत समस्या समाधानमा पूर्णतः असफल भएको उनले टिप्पणी गरे। “३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरूको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गर्‍यो? जनताको चुल्होमा ग्यास र किसानलाई मल खोई? महँगीले आकाश छोएको छ,” उनले भने, “यो असफल सरकारविरुद्ध जनतामा आक्रोश बढेको छ। पर्वलगत्तै जनता स्वतःस्फूर्त सडकमा आउँछन्, हामीले त्यसको व्यवस्थापन गर्नुपर्छ।”

सरकारको गलत नीतिका कारण राष्ट्रियता र स्वाधीनता कमजोर बनेको दाबी गर्दै उनले विगत ३५ वर्षलाई ‘अभिशाप’ भन्नेहरूले नै सोही अवधिमा उच्च प्रशासनिक र सैनिक नेतृत्वमा रहेकाहरूलाई खोजी-खोजी राजदूतजस्ता महत्त्वपूर्ण पदमा नियुक्ति दिएको आरोप लगाए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘थ्री डी’ अर्थात् ‘युथ डेमोग्राफी’, ‘डिजिटल ट्रान्सफर्मेशन’ र ‘डायस्पोरा’ को प्रयोग गरी स्थापित दलहरूविरुद्ध भ्रम फैलाउन सफल भएको बताउँदै पुनले आफूहरू पनि ती क्षेत्रमा बलियो उपस्थिति जनाउने कार्ययोजनासहित अघि बढेको उल्लेख गरे।

आगामी महाधिवेशनपछि पार्टीका सबै संरचनामा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गरिने र १५ देखि ३९ वर्ष उमेर समूहलाई नेतृत्वदायी भूमिकामा ल्याइने उनले प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ९ : ०५ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको