सडक किनारमा नगरपालिकाको बेसार खेती « Khabarhub

सडक किनारमा नगरपालिकाको बेसार खेती


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ ।

बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने लक्ष्यअनुरुप कोशी राजमार्गअन्तर्गत नगरपालिकाको सरस्वती चोक–सल्लेरी खण्डमा बेसार खेती गरिएको छ ।

नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए । हालसम्म सात रोपनीमा बेसार खेती गरिएको उनको भनाइ छ ।

बाँदर आतङ्कबाट प्रभावित किसान पनि बेसार खेतीतर्फ नै आकर्षित भएका छन् । बेसार खेतीका लागि नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकेजी १०० रुपैयाँका दरले १०० केजी बेसारको बीउ खरिद गरेको थियो । उत्पादन भएको बेसारको बीउ खेती विस्तार गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई वितरण गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ११ : ३४ बजे

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको